पोखराका अभिषेकले अमेरिकामा जारी युनिभर्सल टेनिस रेटिङमा प्रतिस्पर्धा गर्ने

पाेखरा | भदौ ७, २०७९

पोखराका अभिषेकले अमेरिकामा जारी युनिभर्सल टेनिस रेटिङमा प्रतिस्पर्धा गर्ने

 

पोखरा ।   पोखराका अभिषेक बाँस्तोलाले अमेरिकाको ओहायो स्थित कोलम्समा जारी युनिभर्सल टेनिस रेटिङमा प्रतिस्पर्धा गर्ने भएका छन् । मंगलबार उनी जापानिज खेलाडी जेम्स टेर्टससंग प्रतिस्पर्धाका लागि कोर्ट उत्रदैछन । बलियो प्रतिस्पर्धी मानिएका जेम्स एटिपीका उत्कृष्ट सय भित्रका खेलाडी हुन् ।

 

प्रतियोगिताको विजेता खेलाडीले ३ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा हाइयष्ट रेटिङप्राप्त २० खेलाडी उपाधी भिडन्तमा छन् । यो स्तरको प्रतिस्पर्धामा सहभागि अभिषेक नेपालकै पहिलो खेलाडी हुन् ।

 

१५ वर्षकै उमेरमा नेपालको शिर्ष वरियता पाएका अभिषेकले एटिपी रेटिङका लागि २५ भन्दा बढि राष्ट्रहरुमा प्रतिस्पर्धा गरिसकेका छन् । टेनिस खेल्नका लागि १५ वर्षको कलिलो उमेरमै घर छाडेर विदेशिएका अभिषेकले यसअघि अमेरिकाको एक कलेजमा ९० प्रतिशत स्कलरशिप पाएका थिए । उनले यसअघि दुई वर्ष सम्म युनिर्भसिटी स्तरिय थुप्रै प्रतिस्पर्धाहरुमा सहभागिता जनाइसकेका छन् ।

 

आउँदै गरेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनी गण्डकीको टिमबाट कोर्ट उत्रने बताइएको छ । प्रदेशले पनि उनीबाट स्वर्ण पदकको आशा राखेको कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ्गले बताए । अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउनका लागि प्रायोजकको खाँचो रहेको बाँस्तोलाले बताएका छन् । ‘कोच, फिजियोसंगै लिएर हिंडन निकै खर्चिलो छ, पारिवारिक श्रोतले मात्रै यो खर्च धान्न गाह्रो छ’–बाँस्तोलले भने ।

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्